१४ बैशाख २०८१, शुक्रबार
Follow Us

गीत सार्वजनिकसँगै बालबालिकालाई सहयोग

नेपालब्रिटेन डट कम्
२३ भाद्र २०७४, शुक्रबार १३:४५

चितवन । गायक भुवन प्यासीले आफ्नो नयाँ गीत सार्वजनिक गर्दै अनाथ बालबालिकाको लागि शैक्षिक सामग्री समेत वितरण गर्नुभएको छ । यो देशको लागि म जन्म लिएको हुँ, म त नेपालको छोरोलगायत विभिन्न गीतमा आवाज भरेका प्यासीले शुक्रबार भरतपुरमा आफ्नो नयाँ गीत ट्राफिक जाम सार्वजनिक गर्नुभएको हो ।
गीत सार्वजनिकसँगै प्यासीलले भरतपुरका विभिन्न तीनवटा आश्रममा रहेका बालबालिकाको लागि शैक्षिक सामग्री वितरण गर्नुभयो । गायक प्यासीले मञ्जुश्री असहाय संरक्षण केन्द्र र साहाराको घरमा आश्रय लिइरहेका बालबालिकाहरुलाई स्कुल झोला, कापी र कलम वितरणका साथै गाम बेशीका चेपाङ संरक्षण स्थलमा रहेका बालबालिकाहरुको लागि खाद्यान्न हस्तान्तरण गर्नुभएको छ ।
कार्यक्रममा गीतकार प्रेमविनोद नन्दनले कलाकारहरुले पछिल्लो समय मानिसको मनमा मात्रै नभएर शरिरमा समेत कब्जा समाउन सफल भएका बताउनुभयो । संगीत क्षेत्रमा लागेका व्यक्तिले अनाथ बालबालिकालाई सहयोग गरेर उनीहरुको पढ्न पाउने अधिकारलाई सुरक्षित गर्नु भनेको कलाकार आफैको लागि समेत हौसला बढाउनु जस्तै भएको नन्दनले बताउनुभयो ।
गायक प्यासीले आफ्नो गीत सार्वजनिक गरेसँगै यूट्यूवमा समेत अपलोड गरिएको जानकारी दिनुभयो । पछिल्लो समयका युवा पुस्ताको भावनालाई समेटेर तयार पारिएको गीतको निर्देशन शिव विकले गर्नुभएको छ ।