१३ बैशाख २०८१, बिहीबार
Follow Us

दशैंका लागि अग्रिम टिकट बुकिङ भाद्र २७ गतेदेखि

नेपालब्रिटेन डट कम्
२४ भाद्र २०७४, शनिबार १४:३७

काठमाडौं । दशैंका लागि अग्रिम टिकट बुकिङ भाद्र २७ गतेदेखि खुल्ने भएको छ । यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच आज भएको वार्तामा सहमति जुटेपछि भाद्र २७ गते देखि अग्रिम टिकट बुकिङ खुल्ने भएको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सडकको अवस्था हेरी यात्रुहरुको सामान बोक्न पाउने गरी सहमति भएको जनाएको छ । त्यस्तै यातायात व्यबस्था बिभागका महानिर्देशक रुपनारायण भट्टराइले बिभागले तोकेको सिमाभित्रै रहेर यातायात व्यबसायी अग्रिम टिकट खुल्ला गर्न सहमत भएको जानकारी दिए ।

उनले असार २५ देखि रातमा बन्द रहेको नारायणघाट मुग्लीन सडकखण्ड पनि २८ गतेदेखि २४ घण्टा खुल्ने बताए । भदौ २२ गतेदेखि टिकट बुकिङ खुल्ला गर्ने भनिएपनि यातायात ब्यवसायीले भाडा बढाउन र छतमा यात्रु राख्न पाउनुपर्ने माग गर्दै टिकट बुकिङ गर्न आनाकानी गर्दै आएका थिए ।