१५ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएन युकेको महाधिवेशनमा दुई दर्जन बढ़ी सहभागी

नेपालब्रिटेन डट कम्
२४ भाद्र २०७४, शनिबार १६:०६

एनआरएनए युकेको सातौं राष्ट्रिय महाधिवेशन अल्डरसटमा सुरु भएको छ ।
संस्थाको सबैभन्दा महत्त्वपूर्ण मानिने कार्यक्रम महाधिवेशनमा सहभागीहरूको उपस्थिति भने अत्यन्त न्यून रहेको छ ।

पत्रकार, अतिथि र कार्यसमितिका सदस्य गरी करिब दुई दर्जन सहभागीबीच अधिवेशन संचालन भई रहेको छ ।

नयाँ कार्यसमितिका निम्ति चुनाबको कार्यक्रम पनि आजै भई रहेकोले गर्दा कार्यक्रममा उपस्थिति न्यून भएको बताइन्छ ।

संस्थाको महाधिवेशनलाई शुभकामना व्यक्त गर्दै एनआरएनए अंतरराष्ट्रीय समितिका युरोप संयोजक कुल आचार्यले निर्वाचन र महाधिवेशनको कार्यक्रम एकै दिन नगर्न सुझाव दिनुभयो ।

निर्वाचनको कार्यक्रम बेलुका 8 बजे सकिने र तत्काल मतगणना सुरु हुने बताइएको छ ।