१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कस्ले जित्छ एनआरएन यूकेमा ?

नेपालब्रिटेन डट कम्
२४ भाद्र २०७४, शनिबार २१:५१

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको शनिवार सम्पन्न निर्वाचनमा ७८.४ प्रतिशत मतदान भएको छ ।
बिहान ८ बजेदेखि शुरु मतदान कार्यक्रम सांझ ८ बजे शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

निर्वाचन समितिका अनुसा हयारो बुथमा ५२३ ९७७ प्रतिशत, प्लमस्टिडमा ४८८ ९७२ (प्रतिशत), अल्डरसटमा १३८२ ९८० (प्रतिशत) र लेस्टरमा ४८९ ९८० (प्रतिशत) मत खसेको छ ।

संघको नयाँ नेतृत्वको लागि कृष्ण तिमल्सिना, हिराधन राई, योग फगामी प्रत्यासी छन् । अध्यक्षमा तिमल्सिना र फगामी बीच कडा प्रतिशपर्धा छ । फगामीको पकट मानिएको अल्डरशट क्षेत्रमा खसेको मत संख्याका आधारमा कतिपयले फगामीले नेतृत्व हात पारेको आकलन गरेका छन् । यस्तै तिमल्सिनाको पकट लेस्टर र लण्डन क्षेत्रमा रहेको छ ।

उपाध्यक्षमा शेर सुनार, डा. प्रेम आले, पुनम गुरुङ, दयानिधी सापकोटा, सुसिला राई, दीपक श्रेष्ठ, राष्ट् राईको बलियो सम्भवना छ । यस्तै महासचिवमा फडिन्द्र भट्टराई आग्रस्थानमा छन् । आइसीसी सदस्यमा शान्ति थापा, प्रकाश गुरुङ, चिरन शर्माकाे, बलियो सम्भवना छ । उपमहासचिवमा कृष्ण तिवारी, सचिवमा तारानाथ भण्डारी, नारायण गाउँले, सुरोज मास्के बलियो देखिएका छन् । यस्तै कोषाध्यक्षमा शालिकराम सापकोटा र सचिन श्रेष्ठ अग्रस्थानमा छन् । सहकोषाध्यक्षमा सुरज पौडेल, यूवा संयोजकमा राजन खकुरेल, लाल बहादुर गुरुङको बलियो सम्भवना छ । यस्तै सदस्यहरुमा मिश्रित परिणाम आउने सम्भवना छ ।
निर्वाचन समितिका अनुसार अन्तिम परिणाम आइतवार बिहान सम्म आइपुग्ने अपेक्षा छ ।
1