१३ बैशाख २०८१, बिहीबार
Follow Us

खोलामा डुबेर दुई युवतीको मृत्यु

नेपालब्रिटेन डट कम्
२५ भाद्र २०७४, आईतवार ०९:२०

कपिलवस्तु । यशोधरा गाउँपालिका– २ का दुई युवतीको स्थानीय खोलामा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३३ वर्षीया इन्द्रावती यादव र १५ वर्षीया रिमा कोहार रहेको प्रहरीले जनाएको छ । कुचो बनाउने घाँस काट्न गएका उनीहरुको खोला डुबेर मृत्यु गएको हो । खोला किनारमा रिमा घाँस काट्दै गर्दा खसेर डुब्न लागेपछि उनलाई बचाउन खोज्दा अर्की इन्द्रावतीको पनि डुबेर मृत्यु भएको थियो । दुबै जनाको शव परीक्षणका लागि जिल्ला अस्पतालमा लगिएकोे प्रहरीले जनाएको छ ।