७ बैशाख २०८१, शुक्रबार
Follow Us

महासंघको मिडिया मिसन सुरु

नेपालब्रिटेन डट कम्
२५ भाद्र २०७४, आईतवार ११:५२

काठमाडौं । आउँदो असोज २ गते प्रदेश नम्बर २ का ८ जिल्लामा हुन गइरहेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनको सन्दर्भमा प्रेस स्वतन्त्रताको अवस्था, मिडियाको भूमिकालगायतबारे अध्ययन गर्न नेपाल पत्रकार महासंघले मिडिया मिसन सुरु गरेको छ ।
महासंघका महासचिव रमेश विष्ट, सचिव शीतल महतो, सामुदायिक रेडियो प्रसारक संघका महासचिव गोविन्द देवकोटालगायत संलग्न मिडिया मिसन आज काठमाडौंबाट पर्साको वीरगञ्जतर्फ प्रस्थान गरेको सचिव रामप्रसाद दाहालले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।
पर्साबाट सुरु भएको मिसन जनकपुरसम्म पुग्नेछ । मिसनले पत्रकार, स्थानीय समुदाय, राजनीतिक दलका नेता तथा उम्मेदवार, प्रशासन तथा सुरक्षा निकायका अधिकारीसँग भेटघाट र छलफल गर्नेछ । त्यसपछि मिसन सिन्धुली र रामेछाप पुगी मिडियाबारे स्थानीय समुदायको धारणा बुझ्ने कार्यक्रम रहेको छ ।
मिसनबाट प्रेस स्वतन्त्रताको प्रवद्र्धन, समस्या समाधानमा सहजीकरण, भयरहित वातावरणमा सूचनाको संकलन, सम्पादन तथा प्रकाशन–प्रसारण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको विज्ञप्तिमा उल्लेख छ ।