१२ बैशाख २०८१, बुधबार
Follow Us

पाचौ पटक मन्त्रिमण्डल विस्तार भोलि

नेपालब्रिटेन डट कम्
२५ भाद्र २०७४, आईतवार १२:३९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) सरकारमा आज सहभागी हुने भएको छ । मन्त्रिमण्डल भोलि विस्तार हुनेछ । सोमबार राप्रपा प्रजातान्त्रिकका तर्फबाट दिपक बोहरा, विक्रम पाण्डे र सुनिल थापालाई देउवाको मन्त्रिमण्डलमा सहभागि गराउन लागेका हुन् । राप्रपाले वन तथा भू संरक्षण, उद्योग र विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी प्राप्त गर्ने बताइएको छ । उनिहरुलाई सोमबार ११ बजे नै राष्ट्रपति कार्यलयमा सपथ खुवाउने तयारी भएको छ ।
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न तथा आगामी असोज २ गतेको तेस्रो चरणको स्थानीय तह र मंसिरमा हुने प्रादेशिक एवं केन्द्रीय निर्वाचनको कार्यक्रमलाई पूरा गर्ने उद्देश्यले पार्टी सरकारमा आज सहभागी हुन लागेको अध्यक्ष पशुपतिशम्शेर जबराले जानकारी दिनुभयो ।
व्यवस्थापिका– संसद्मा १८ सांसद रहेको राप्रपाबाट वैचारिक असहमति राख्दै गत साउन २२ गते विभाजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको सो पार्टीले करिब दुई साता अगाडि दलका रुपमा मान्यता प्राप्त गरेको थियो ।