१४ बैशाख २०८१, शुक्रबार
Follow Us

इर्मा आँधीका कारण अमेरिकाको फ्लोरिडा अस्तव्यस्त

नेपालब्रिटेन डट कम्
२६ भाद्र २०७४, सोमबार ०५:५३

फ्लोरिडा । क्यारेवियन द्वीपमा विध्वंश मच्चाउँदै अघि बढेको इर्मा नामक समुद्री आँधीले अमेरिकाको तटीय राज्य फ्लोरिडालाई अस्तव्यस्त बनाएको छ । आँधीका कारण फ्लोरिडामा तीन जनाको मृत्यु भइसकेको छ । आँधीसहित फ्लोरिडामा भीषण वर्षा भइरहेको छ ।
प्रतिघण्टा २ सय किलोमिटरको रफ्तारमा आएको आँधीका कारण त्यहाँका २५ लाख घरमा विद्युत् आपूर्ति बन्द भएको छ । मियामी शहरका कतिपय ठाउँ डुबानमा परेका छन् । फ्लोरिडाका करिब ६३ लाख मानिसलाई सुरक्षित स्थानमा राखिएको छ । उनीहरुलाई विद्यालय, रंगशाला, कभर्ड हललगायतका स्थानमा शिविर खडा गरेर राखिएको छ । क्यारेबियन क्षेत्रमा पछिल्लो १० वर्षमा आएको यो सबैभन्दा शक्तिशाली आँधी हो । यो आँधीमा परेर विभिन्न देशमा २८ जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।
1505093723florida