१३ बैशाख २०८१, बिहीबार
Follow Us

मन्त्रिपरिषद् विस्तार आचारसंहिता विपरित ठहर

नेपालब्रिटेन डट कम्
२६ भाद्र २०७४, सोमबार ०५:५८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पुनः मन्त्रिपरिषद् विस्तार गरेपछि निर्वाचन आयोगले असन्तुष्टि जनाएको छ । निर्वाचन आचारसंहिता लागु रहेको अवस्थामा भएको मन्त्रिपरिषद् विस्तारले आचारसंहिता उल्लंघन भएको आयोगको ठहर छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा प्रजातान्त्रिकलाई समेत समेट्दै मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । अहिले गरिएको विस्तारपछि मन्त्रीको संख्या ५४ पुगेको छ । मंसिर १० र २१ गते दुई चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आचारसंहिता लागु भइसक्दा मन्त्रिपरिषद् विस्तार हुनु आचारसंहिता उल्लंघन भएको निर्वाचन आयोगको ठहर छ ।
आचारसंहिता लागु भएपछि सरुवा, बढुवा, विकास निर्माणका काम गर्न नपाइने प्रावधान रहेको छ । निर्वाचनमा कुनै दल विशेषको प्रभाव नपरोस् भन्दै आचारसंहिता लगाउने गरिन्छ । तर, चौतर्फी आलोचना बाबजुद प्रधानमन्त्री देउवाले सरकार विस्तार गर्नुभएको हो ।