१४ बैशाख २०८१, शुक्रबार
Follow Us

अर्मा आँधीबाट २८ को मृत्यु, ६३ लाख मानिसलाई सुरक्षित स्थानमा सर्न आग्रह

नेपालब्रिटेन डट कम्
२६ भाद्र २०७४, सोमबार १४:०६

टेक्सास । अमेरिकाको फ्लोरिडा प्रवेश गरेको समुद्री आँधी अर्मा उत्तरतर्फ बढ्दै गर्दा त्यसले तटीय क्षेत्रमा बाढी तथा हावाहुरी निम्त्याएको छ । शक्तिशाली आँधीका कारण २० लाखभन्दा बढी घर र कलकारखानामा बिद्युत आपूर्ति बन्द भएको छ । आँधीको गति कमजोर भए पनि अधिकारीले हावाहुरी घातक हुन सक्ने चेतावनी दिएका छन् । अर्मा आँधीका कारण अहिलेसम्म फ्लोरिडामा कम्तिमा तीन जनाले ज्यान गुमाएका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा ठूलो संकट परेको घोषणा गर्दै केन्द्र सरकारबाट थप आपत्कालीन सहायता निकासा गरेका छन् । यसअघि सो आँधीले क्यारिबियन क्षेत्रमा व्यापक विध्वंस निम्त्याइसकेको छ । आँधीका कारण क्यारिबियन क्षेत्रमा २८ जनाको मृत्यु भइसकेको छ । अर्मा आँधीले पुर्‍याउन सक्ने क्षतिलाई मध्यनजर गर्दै फ्लोरिडाका ६३ लाख मानिसलाई सुरक्षित स्थानमा सर्न भनिएको छ ।