March 28, 2020

गुरुङद्वारा कोषमा रु ५० हजार सहयोग

  11th September 2017 मा प्रकाशित

पोखरा । नेकपा (एमाले) का केन्द्रीय सदस्य तुलबहादुर गुरुङले नेपाल पत्रकार महासंघ, कास्की शाखाले स्थापना गरेको पत्रकार कल्याण कोषमा व्यक्तिगत रुपमा रु ५० हजार सहयोग गर्नुभएको छ । सांसद गुरुङले आज यहाँ आयोजित एक कार्यक्रममा महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।
महासंघमा आवद्ध पत्रकार बिरामी परेमा कल्याण कोषवाट आउने ब्याजले उपचारमा सहयोग गरिँदै आएको छ । कल्याण कोषमा हालसम्म योसमेत रु १० लाख ५० हजार पुगेको महासंघ सचिव रामप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

प्रतिक्रिया