१५ बैशाख २०८१, शनिबार
Follow Us

धुर्मुस–सुन्तली फाउण्डेसनलाई सहयोग

नेपालब्रिटेन डट कम्
२६ भाद्र २०७४, सोमबार १५:३६

काठमाडौं । अमेरिकामा बस्ने प्रवासी नेपालीको संस्था फोरम अफ नेप्लिज इन अमेरिका (फोना)ले धुर्मुस–सुन्तली फाउण्डेसनलाई रु तीन लाख ६८ हजार १०६ प्रदान गरेको छ । तराईका बाढी र डुबानबाट पीडितको सहयोगार्थ सोमबार फोनाका सचिव प्रकाश पाण्डेय र सदस्य शशी राईले फाउण्डेसनको केन्द्रीय कार्यालय पुगेर रकम हस्तान्तरण गरेका हुन् । संस्थाले यसअघि भूकम्पको बेला पनि रकम संकलन गरी गोरखा र काभ्रेमा घर निर्माणका लागि सहयोग गरेको थियो ।