७ बैशाख २०८१, शुक्रबार
Follow Us

रक्सी र मासु खाँदै गणेश भगवान !

नेपालब्रिटेन डट कम्
२६ भाद्र २०७४, सोमबार १५:३७

काठमाडौं । अस्ट्रेलियामा हिन्दू देउतालाई प्रयोग गरेर बनाइएको एउटा टेलिभिजन विज्ञापनले विवाद सिर्जना गरेको छ । विभिन्न हिन्दूवादी संगठनले अस्ट्रेलियाको मिट एन्ड लाइभस्टक विभागलाई सो विज्ञापन तत्काल बन्द गर्न चेतावनी दिएको छ ।
टेभिजनको लागि निर्माण गरिएको सो विज्ञापनमा हिन्दूका देवता गणेशले मासु खाँदै गरेको देखाइएको छ । बुद्धि र विवेकको देवता मानिने गणेशलाई हिन्दू धर्मालम्बीले साकाहारीका रुपमा लिने गरेका छन् ।
हिन्दू देवी देवतालाई अपमान गर्ने गरी पटकपटक विज्ञापन बनाइएको उल्लेख गर्दै अस्ट्रेलियास्थित द हिन्दू काउन्सिलले घटनालाई गम्भीरताका साथ लिएको जनाएको छ ।
उसले सो विज्ञापन तत्काल हटाउन चार हजार चार सय ४० जनाको हस्ताक्षर अस्ट्रेलिया सरकारलाई बुझाएको छ । यसअघि पनि विभिन्न पश्चिमा राष्ट्रहरुले हिन्दू देवीदेवताको तस्बिर राखी विज्ञापन मनाउँदै आएका छन् ।