१२ बैशाख २०८१, बुधबार
Follow Us

आलुभन्दा मन्त्रीको भाउ सस्तो : ओली

नेपालब्रिटेन डट कम्
२७ भाद्र २०७४, मंगलवार १२:२९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘मन्त्रीको कुनै भाउ’ नरहेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार गरेर ५४ सदस्यीय बनाएपछि त्यसप्रति इंकित गर्दै अध्यक्ष ओलीले कोही मन्त्री बन्यो भन्दा पनि गर्व गर्ने अवस्था नै नरहेको बताए ।
पार्टी कार्यालय धुम्बाराहीमा आयोजित नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टीसँगको एकता कार्यक्रममा ओलीले ‘तरकारीको भाउ भएको तर मन्त्रीको कुनै भाउ नभएको’ भन्दै कटाक्षसमेत गरे । अध्यक्ष ओलीले भारततर्फ संकेत गर्दै छिमेकीको पुरानो मानसिकता बदलिनु पर्ने र हेपाहा प्रवित्ति फेरिनुपर्नेमा जोडसमेत दिए ।