८ बैशाख २०८१, शनिबार
Follow Us

राजनीतिक दलहरुमा संस्कार अभाव : प्रमुख आयुक्त यादव

नेपालब्रिटेन डट कम्
२८ भाद्र २०७४, बुधबार ११:३८

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले राजनीतिक दलहरुमा राजनीतिक र प्रजातान्त्रिक संस्कारको अभाव रहेको टिप्पणी गरेका छन् ।
बुधबार राधानीमा निर्वाचन पर्यवेक्षक संस्थाहरुका प्रतिनिधिहरुसँगको अन्तरक्रियामा यादवले दलहरुले भाषणमा जति प्रजातान्त्रिक कुरा गरेपनि यथार्थमा दलहरुमा राजनीतिक संस्कारकै अभाव रहेको जिकिर गरे ।
प्रदेश नम्बर–२ को स्थानीय तह निर्वाचनमा भइरहेका आचारसंहिता उल्लंघनका घटनाप्रति संकेत गर्दै प्रमुख आयुक्त यादवले ‘राजनीतिक दल र उम्मेदवारहरुमा संस्कार नभएकै कारण यस्तो भइरहेको हो’–भने ।
अन्तरक्रियामा सहभागी निर्वाचन प्रयवेक्षक संस्थाका प्रतिनिधिहरुले आयोगको तर्फबाट आचारसंहिता कार्यान्वयनमा कमजोरी भइरहेको गुनासो गरेका थिए ।