१५ बैशाख २०८१, शनिबार
Follow Us

प्रधानमन्त्री देउवाले भारतसँग गरेको सहमतिप्रति प्रचण्ड असन्तुष्ट

नेपालब्रिटेन डट कम्
२८ भाद्र २०७४, बुधबार १५:०१

सप्तरी । कोसी उच्चबाँध निर्माण गर्ने भारतसँग सहमति भएको भन्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइप्रति सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले असन्तुष्टि जनाएका छन् ।
स्थानीय तहको चुनावी अभियानका लागि सप्तरीमा रहेका अध्यक्ष दाहालले आज राजविराजमा सञ्चारकर्मीसँग कुरा गर्दै कोसी उच्च बाँधबारे भारतसँग कुनै सहमति नभएको दावी गरेका हुन् । नेपालीको हितमा छ/छैन विस्तृत अध्ययनपछि मात्रै सरकारले त्यसबारे निर्णय लिनुपर्ने उनको भनाइ थियो ।
मंगलबार चुनावी सभामा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कोसी उच्चबाँध निर्माण गरी तराई–मधेसले व्यहोर्दै आएको डुबान समस्या अन्त्य गर्न भारतसँग सहमति भएको बताएका थिए । चुनावी अभियानका क्रममा दाहाल दुई दिनदेखि सप्तरीमा छन् ।