१५ चैत्र २०८०, बिहीबार
Follow Us

८८ दलद्वारा समानुपातिक निर्वाचनका लागि आयोगमा निवेदन

नेपालब्रिटेन डट कम्
२८ भाद्र २०७४, बुधबार १५:०३

काठमाडौं । प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचनमा सहभागी हुन ८८ दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् । आयोगले उपलब्ध गराएको मंगलबारसम्मको समयमा ८८ दलले समानुपातिकतर्फको निर्वाचनमा सहभागी हुन निवेदन पेस गरेका हुन् ।

आयोगले गत आइतबार दल दर्ताका लागि २७ भदौसम्मको समय दिँदै दलहरूलाई समानुपातिक निर्वाचनमा सहभागी हुन निवेदन दिन आह्वान गरेको थियो । आयोगका प्रवक्ता नवराज ढकालले प्रदेश र प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीमा सहभागी हुन ८८ वटा विभिन्न राजनीतिक दलले आयोगमा निवेदन दर्ता गरेको बताउनुभयो ।

उहाँका अनुसार दर्ता भएका दलहरूउपर छानबिन गरी बुधबारसम्म आयोगले निर्णय गर्नेछ । छानबिनका क्रममा प्रक्रिया नपुगेका दललाई भने निर्वाचनमा सहभागी गराइनेछैन । आयोगले प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष प्रणालीअन्तर्गत दल दर्ता गर्न केही समयअघि दिएको समयभित्र भने ९५ दललाई निर्वाचनमा सहभागिताका लागि आधिकारिकता दिएको थियो ।