१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए डेनमार्कको अध्यक्षमा सुवेदी

नेपालब्रिटेन डट कम्
२९ भाद्र २०७४, बिहीबार ०८:५०

गैर आवासीय संघ, डेनमार्कको हालै सम्पन्न चौथो अधिवेशनबाट यामलाल सुवेदी अध्यक्षमा निर्वाचित भएका छन्। उपाध्यक्षमा सुशीला हमाल, नवीन अर्याल र नरेन्द्रबहादुर बस्नेत विजयी भएका छन्।

सुमन थापा महासचिव, राजमान तामाङ सचिव, अशोक शर्मा कोषाध्यक्षमा चुनिएका छन् भने सोवितराम जिसी युवा प्रतिनिधी र महिला प्रतिनिधीमा अञ्जु पराजुली चयन भएका छन्।

सदस्यहरुमा नारायण चापगाईं, लक्ष्मीप्रसाद जमरकट्टेल, नरेन्द्रनाथ ढकाल, रोशनकुमार खतिवडा, नारायण मिश्र, आस्मीन मिश्र र मुना सापकोटा चयन भएका छन्। आइसिसी प्रतिनिधीको भूमिकामा भने कुलराज शर्मा चुनिएका छन्।