७ बैशाख २०८१, शुक्रबार
Follow Us

अल्डरशटमा ‘सुमार्गी’ विमोचन

नेपालब्रिटेन डट कम्
२९ भाद्र २०७४, बिहीबार १२:५७

लण्डन । नेपालका चर्चित व्यवसायी अजेयराज सुमार्गीको जीवनमा आधारित पुस्तकको विमोचन लण्डनस्थित एम्पाएर हल, अल्डरसटमा एक भव्य समारोह माझ गरियो । विमोचन कार्यक्रममा अस्मिता सुमार्गीद्धारा लिखीत पुस्तकहरु, अस्मिताका अक्षरहरु, अनुभव र अनुभूती, र अस्मिता नामक गीती एल्बमको समेत लोर्कापण गरिएको थियो ।

थाहा प्रतिष्ठान नेपालको प्रबन्धनमा नेपालबाट विमोचन कार्यक्रमका लागी आउनुभएका माननीय सभासद रामनारायण बिडारीले थाहा आन्दोलनका प्रर्वतक रुपचन्द्र विष्टको थाहा अभियानको विश्वव्यापीकरण आजको पुस्तक विमोचन कार्यक्रमले प्रमाणित गरिदीएको बताए । अजेयराज अस्मिताको युगल नमूना यात्रा नै सफलताको जग भएको बताए।

अर्का अतिथी सभासद कर्णबहादुर थापाले उद्योगी अजेयराज सुमार्गीसँग्को परिचय र सम्बन्धका बारेमा प्रकाश पार्दै नेपाल र नेपालीको विकासका लागी उहाका कदमहरुले चैतर्फी हित र सामुहीकतामा विश्वास बढाउदै लिएको बताए ।

उक्त कार्यक्रमका अतिथी बक्ता भारतबाट निम्त्याइएका भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जोलीले पुस्तक विमोचन कार्यक्रममा आउनु र सबैसामु सफल व्यवसायी सुमार्गीका बारेमा बोल्न पाउदा हर्षित भएको बताए ।

सुमार्गीसगको मित्रताले नेपाल र भारतविचको युगौ पुरानो सम्बन्धले थप उचाइ पाएको र पाउदै जाने बताए । भारतीय मुलका प्रशिद्ध समाजसेवी अशोक वर्माले कार्यक्रममा विमोचीत पुस्तकको सफलताकाको कामना गर्दै समाजरुपान्तरणमा भइरहेका सामाजिक कार्यक्रमहरुले विश्वभर दिने सकारात्मक तरंगका बारेमा बोलेका थियो ।

कार्यक्रमका प्रमुख आकर्षण अजेयराज सुमार्गीले नेपाल र नेपालीको माया संसारको जुनसुकै कुनामा गएपनि कम नहुने बताए । व्यवसायका लागी दिर्घकालीन योजनाहरुलाई अघि सार्दै नयाँ पुस्ताले सामाजिक परिवर्तनको पहलमा चौतर्फीरुपमा लाग्नुपर्ने बताए ।

विमोचित पुस्तक अजेयराज सुमार्गी पुस्तकका लेखक निर्मल कुमार थापा र अस्मिताका अक्षरहरु, अनुभव र अनुभुती र अस्मिता एल्बम सर्जक अस्मिता सुमार्गी लेखनका क्रममा घटेका अनुभूती, रचनागर्भमाथी बोल्दै पुस्तक लेखनले समाजिक परिवर्तन ल्याउने महान् काममा सहयोगी हुन पाउदा हर्षित भएको बताए।

करीव सात सय जना सहभागी भएको पुस्तक विमोचनका लागी नेपाल, भारत र बेलायतमा बसोबास गरीरहेका गैर आवासीय नेपाली र भारतीयहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा विमोचित पुस्तक विक्रीबाट आउने सम्प्पूर्ण रकम लक्ष्मी प्रतिष्ठानलाई प्रदान गरिएको थियो । कार्यक्रममा बेलायतका संयोजक सुरेन्द्र श्रेष्ठ, एनआरएन युके पदाधिकारी, पूर्व गोर्खा सैनीक हरुको लगायत स्थानीय व्यवसायी, संचारकर्मी, कलाकारहरुको सहयोग रहेको थियो ।
IMG_5664

IMG_5666

IMG_5665

IMG_5648