४ बैशाख २०८१, मंगलवार
Follow Us

हेल्लो गजलबारमा ‘मेलोडी नाइट’मा प्रस्तुत हुँदै स्वरुपराज

नेपालब्रिटेन डट कम्
२९ भाद्र २०७४, बिहीबार १५:११

काठमाडौं । नेपाली सुगम संगीतका लोकप्रिय गायक स्वरुपराज आचार्य ‘मेलोडी नाइट’ मा यो शुक्रबार प्रस्तुत हुँदैछन् । उनी बागबजारस्थित साया हेल्लो क्याफे गजलबारमा लाईभ ब्याण्डसहित एकल प्रस्तुत हुन लागेका हुन् । कार्यक्रममा स्वरुपले आफ्ना लोकप्रिय डेढ दर्जनभन्दा बढी गीत प्रस्तुत गर्ने भएका छन् ।
साँझ साँढे ७ बजेबाट सुरु हुने ‘मेलोडी नाइट वीथ स्वरुपराज आचार्य’ मा स्वरुपले आफ्ना पिता बरिष्ठ गायक भक्तराज आचार्यको लोकप्रिय पाँच गीतसहित आफ्ना गीतहरु प्रस्तुत गर्ने बताए । कार्यक्रममा बल गरेर त्यो मन यता, धेरै माया गर्दारैछन्, तिमी जहाँ त्यहाँ म हुन नपाउँदा, जहाँ छन् बुद्धका आँखालगायतका गीतहरु सुनाउने सवरुपले बताए । गजलबारका सञ्चालक रुल्झ गुरुङका अनुसार हरेक शुक्रबार विशेष अतिथिलाई निम्त्याउने गरिएको छ । यस्तै यो महिनाको अन्तिम शुक्रबार ३० भदौमा स्वरुपराजलाई प्रस्तुत गर्न लागिएको हो । स्वरुपको ‘मेलोडी नाईट’मा प्रत्यक्ष सहभागी हुनका लागि दुई हजार रुपैयाँ इन्ट्रि चार्ज लाग्नेछ ।