१५ चैत्र २०८०, बिहीबार
Follow Us

प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारको चुनाव खर्च १४ लाख रुपैयाँ

नेपालब्रिटेन डट कम्
२९ भाद्र २०७४, बिहीबार १५:२६

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारले अधिकतम् १४ लाख रुपैयाँ खर्च गर्न सक्ने प्रस्ताव ल्याएको छ । प्रमुख दलसँग आज भएको छलफलमा आयोगले प्रति मतदातासँग हुने खर्चलाई बजार मूल्यसँग समायोजन र मुद्रा स्फितिलाई आधार बनाएर निर्वाचन खर्च प्रस्ताव गरिएको जनाएको हो ।
क्षेत्रको आकार बढेकाले पनि निर्वाचन खर्च केही बढाउन उपयुक्त देखिएको आयोगको भनाइ थियो । छलफलमा सहभागि दलका प्रतिनिधिले जनसंख्या र भौगोलिक अवस्थालाई ध्यान दिएर व्यवहारिक र स्वभाविक लाग्ने निर्वाचन खर्च निर्धारण गर्न आयोगलाई सुझाव दिएका थिए ।
आयोगले दुईहजार सत्तरी सालको संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारले १० लाख खर्च गर्न पाउने व्यवस्था थियो । निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ अनुसार आयोगले खर्चको सीमा तोक्न सक्ने छ ।