१५ चैत्र २०८०, बिहीबार
Follow Us

फिफा बरियतामा नेपाल तल झ-यो

नेपालब्रिटेन डट कम्
२९ भाद्र २०७४, बिहीबार १५:३१

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा)ले आज सार्वजनिक गरेको फिफा बरियतामा नेपाल छ स्थान तल झरेको छ । नेपाल छ स्थान तल झर्दै १७५ औँ स्थानमा पुगेको हो । यसै महिनामा घरेलु मैदानमा नै सम्पन्न एसियन कप छनोटअन्तर्गत ताजकिस्तानविरुद्वको खेलमा पराजय भोगेको नेपाल फिफा बरियतामा पनि खस्केको छ । त्यतिबेला नेपाल ताजिकस्तानसँग २–१ गोलअन्तरले पराजित भएको थियो ।
त्यसैगरी दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत पनि १० स्थान तल झर्दै १०७ औँ स्थानमा पुगेको छ । माल्दिभ्स १२ स्थान तल झर्दै १५४ औँ स्थानमा रहेको छ भने भुटान नौ स्थान खस्कँदै १७४औँ स्थानमा छन् ।
बंगलादेश सात स्थान तल झर्दै १९६औँ स्थानमा, एक स्थान तल झरेका श्रीलंका १९८ औँ स्थानमा तथा पाकिस्तान २००औँ स्थानमा यथावत् छ । फिफा बरियतामा जर्मनी शीर्ष स्थानमा छ भने ब्राजिल दोस्रो, पोर्चुगल तेस्रो तथा अर्जेन्टिना चौथो स्थानमा छन् ।