१३ बैशाख २०८१, बिहीबार
Follow Us

मुटुरोगी पत्रकार राईलाई सहयोग जुटाइँदै

नेपालब्रिटेन डट कम्
३० भाद्र २०७४, शुक्रबार ०५:५७

दमक । दमकमा कार्यरत पत्रकारले आफ्ना सहकर्मी धनकुटाका अग्रज पत्रकार सञ्जयसन्तोषी राईको उपचारका लागि सहयोग जुटाउन थालेका छन् । विहिबार सम्पन्न भेलाले पत्रकार राईको उपचारमा सक्दो सहयोग गर्न अभियान सञ्चालन गरेका हुन् । भेलाले विष्णु सुब्बाको संयोजकत्वमा पाँच सदस्यीय एक सहयोग समिति गठन गरी सहयोग रकम संकलन गर्न थालिएको छ ।
सो समितिको सदस्यमा कमन देवान, गिरीराज भट्टराई, टीकाराम उप्रेती र दिलकुमार लावती रहनुभएको छ । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति समेत रहनुभएका अग्रज पत्रकार राईको एक साता अघि काठमाडौँस्थित शहिद गंगालाल हृदयरोग निवारण केन्द्रमा मुटुको जटिल शल्यक्रिया सम्पन्न भएको थियो ।
राईको थप उपचार गर्न रकम अभाव भएकाले त्यसमा थोरै भएपनि राहत पु-याउन सहयोग जुटाउन थालिएको र त्यो सहयोग रकम दशैँअगावै पीडित राईसम्म पु-याउने संयोजक सुब्बाले बताउनुभयो ।
संयोजक सुब्बाका अनुसार पत्रकार राईको उपचारमा सहयोग गरिदिन पत्रकार तथा शुभेच्छुकलाई आग्रह गरिएको छ । यसरी संकलित भएको रकम दाताको नामावली स्थानीय पत्रिकामा प्रकाशित गरिने संयोजक सुब्बाले जनाउनुभयो । त्यसमा पत्रकार गिरीराज भट्टराई र संयोजक सुब्बाले जनही रु एक हजार सहयोग दिनुभएको छ ।