१३ बैशाख २०८१, बिहीबार
Follow Us

कांग्रेस नेता एनपी साउद लण्डन, वेलायत कांग्रेसको चुनाव शनिवार

नेपालब्रिटेन डट कम्
३० भाद्र २०७४, शुक्रबार १२:२२

लन्डन– शनिवार हुने नेपाली जनसम्पर्क समिति यूकेको अधिवेशनका लागि नेपालीका कांग्रेस तथा पूर्वमन्त्री एनपी साउद लण्डन आएका छन् । जनसम्पर्क समिति यूकेको नयाँ नेतृत्वको समेत चयन हुने सो अधिवेशनकोमा भाग लिन केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डे यसअघि नै वेलायत आइपुगेका थिए ।

नेता साउदलाई बेलायतको हिथ्रो विमानस्थल टर्मिनल– ४ मा जनसम्पर्क समिति यूकेका नेता कार्यकर्ताहरुले भब्य स्वागत गरेका थिए। अधिवेशनमा भाग लिन संसाद बहादुर सिंह थापा समेत बिहीवार लण्डन आएका छन् ।

शनिबार हन्स्लो बेस्टस्थित इम्पेरियल कन्फ्रेन्स हलमा हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको कांग्रेस नेता युवराज गुरुङले जनाएका छन् ।
IMG_3530-1024x768