६ बैशाख २०८१, बिहीबार
Follow Us

लण्डनको भूमिगत रेलमा विष्पोट भएपछि २२ जना घाइते

नेपालब्रिटेन डट कम्
३० भाद्र २०७४, शुक्रबार १३:४२

लण्डन । लण्डनको भूमिगत एक रेलमा विस्पोट हुँदा कम्तीमा २२ जना घाइते भएका प्रहरीले जनाएको छ । यात्रुले खचाखच रहेको रेलको अघिल्लो भागमा शुक्रबार बिहानै गराइएको विस्पोटपछि केही यात्रुको अनुहारमा विस्पोटका कारण जलेको र रगताम्मै अवस्थामा देखेको एक प्रत्यक्षदर्शीले बताए ।
प्रहरीले घटनालाई ‘आतङ्कवादी घटना’ भनेको छ ।
“पश्चिम लण्डनको पासन्स ग्रीन स्टेसनमा बिहान ८ः२० बजे रेलमा सुतली वम विस्पोट गराइएको छ,” प्रहरीको प्रतिआतङ्कवाद प्रमुख मार्क रोलेले भन्नुभयो ।
ट्वीटर प्रयोगकर्ता ऋग्सले रेलभित्र रहेको एउटा सेतो बाल्टिन विस्पोटका कारण पग्लिएको अवस्थाको तस्वीर आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै लेखेका छन्, “पारसन्स ग्रीन डिस्ट्रिक्ट लाइनको रेलमा विस्पोट भएको छ ।”
“आगोसहितको बल रेलभित्र फालिएपछि हामी ढोकाबाट बाहिर हामफाल्र्यौँ,” उहाँले बताउनुभयो ।
राष्ट्रिय स्वास्थ्य सेवा विभागले घटनामा १८ जना घाइते भएको र उनीहरूलाई एम्बुलेन्समार्फत अस्पताल पु-याइएको छ ।
रोलेका अनुसार अस्पताल पुगेका प्राय घाइतेको आगोको ज्वालाले डढेका शरीरका अङ्को उपचार भइरहेको बताउनुभयो । लण्डनको एम १५ गुप्तचर सेवाका अधिकारीलेले अनुसन्धान अघि बढाएको छ । बेलायतकी प्रधानमन्त्री टेरेजा मेले आफू घाइतेको पीडामा दुःख बाँड्न चाहेको भन्दै घटना पश्चात मन्त्रीपरिषद्को बैठक बोलाउनुभएको छ ।