८ बैशाख २०८१, शनिबार
Follow Us

आयल निगमका कार्यकारी निर्देशक खड्कालाई निलम्बन गर्न पत्राचार

नेपालब्रिटेन डट कम्
३० भाद्र २०७४, शुक्रबार १४:४०

काठमाडौं । व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई निलम्बन गर्न पत्राचार गरेको छ ।
समितिले आज आपूर्ति मन्त्रालयलाई पत्र पठाएर जग्गा खरिद प्रकरणमा विभिन्न निकायले अनुसन्धान गरिरहेकाले विवादको टुङ्गो नलागेसम्म खड्कालाई निलम्वन गर्न निर्देशन दिएको हो ।
चितवन, भैरहवा, झापा र सर्लाहीमा जग्गा खरिद गर्दा अनियमितता भएको ठहर गर्दै संसदको सार्वजनिक लेखा समिति, उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले कारबाहीका लागि यसअघि नै सिफारिस गरिसकेका छन् ।
आपूर्ति मन्त्रालयले पनि प्रारम्भिक छानविनमा अनियमितता देखिएको भन्दै कारवाहीका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्राचार गरिसकेको छ । मन्त्रीहरुले आउँदो मन्त्रिपरिषद् बैठकले खड्कालाई कारवाही गर्ने दावी गर्दै आएका छन् ।