१३ बैशाख २०८१, बिहीबार
Follow Us

पर्यटनदूत विदेशमा बद्नाम, भत्ता खानेले गरे दुरुपयोग एमाले सत्ता

नेपालब्रिटेन डट कम्
२१ श्रावण २०७३, शुक्रबार २२:१६

लन्डन । नौं महिने शासनकालमा एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनतालाई सपना मात्र बाँडेनन, नेपालको पर्यटन क्षेत्रलाई विश्वमाँझ बद्नामसमेत बनाए । विदेशमा पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिनुपर्ने व्यक्ति क्षमता, योग्यता र मापदण्ड बाहिर गएर एमाले कार्यकर्ता नियुक्ति गरेपछि नेपालको पर्यटन क्षेत्र संसारभरि बद्नाम बन्न पुगेको हो ।
पर्यटन प्रवद्र्धनका लागि यूरोप र अमेरिकामा नियुक्ति पाएका अधिकांश पर्यटनदूत विवादमा यतिबेला तानिएका छन् । तोकिएको मापदण्ड बाहिर गएर ओली सरकारले जथाभावी पर्यटनदूत नियुक्ति थमाएपछि उनीहरु विवादमा तानिएका हुन् । उनीहरु विवादमा तानिएसँगै नेपालको पर्यटन क्षेत्र विवादमा तानिएको हो । पर्यटनदूतको नियुक्ति पाउनेहरु बेरोजगार भत्ता खाने, रेस्टुरेन्ट गार्ड, किचन पोर्टर र तरकारी पसेलसमेत रहेका छन् ।
पर्यटनदूत बन्नका लागि पर्यटन बोर्डले तोकेको मापदण्डविपरित नियुक्ति पाउने सबैजनाको पृष्ठभूमि नेकपा एमाले कार्यकर्तामात्र भएको बताइन्छ । क्यालिफोनियामा बसेर बेरोजगार भत्ता खाने धनप्रसाद दवाडी मात्र होइन, युरोपका रेस्टुरेन्ट साँझ परेपछि ढोका कुर्नु प्रवासी नेपाली मञ्च नेता, किचन पोर्टर, तरकारी पसलेलाई पर्यटनदूतको पत्र थमाएको छ ।
बोर्डले पछिल्लो एक महिनामा मात्र आधा दर्जन भन्दा बढी गैरआवासीय नेपालीलाई पर्यटनदूत (मानार्थ जनसम्पर्क प्रतिनिधि) को नियुक्तिपत्र थमाइएको छ । यसरी नियुक्तिपत्र पाउनेहरुमा दिपक सापकोटा (डेनमार्क), सन्तोष भट्टराई (जर्मनी) नेकपा एमाले निकट कार्यकर्ताहरु हुन् । यस्तै भक्त वाग्ले (फ्रान्स), शीव बरुवाल (बेल्जियम), ( फ्रान्स), दिपक खरेल (स्पेन) दीपक सापकोटा (डेनमार्क), समेत एमाले निकटलाई पर्यटन बोर्डले पर्यटन दुतका रुपमा खटाएको छ । उनीहरु मध्य अधिकांसको सो पदका लागि योग्यता पुग्दैंन् ।

मन्त्रालयको सिफारिसमा आएका व्यक्तिलाई नियुक्तिपत्र थमाइएको पर्यटनबोर्डका कार्यकारी निर्देशक दिपकराज जोशीले बताए । उनले मापदण्डअनुसार नै पर्यटनदूतको नियुक्ति भएको दाबी गरे । पर्यटन बोर्डका जनप्रचार प्रसार अधिकृत सुशील शर्माका अनुसार विदेशमा बसेर सामाजिक प्रतिष्ठा हालिस गरेको मात्र होइन, नेपालको पर्यटन, कृषि र हाइड्रोसम्बन्धी ज्ञान भएका व्यक्तिलाई पर्यटनदूत नियुक्त गर्नुपर्ने मापदण्ड रहेको बताए ।

अहिले पर्यटन बोर्डले नियुक्ति दिएका पर्यटन दूत मापदण्डभित्र पर्छन् भन्ने नेपाल ब्रिटेन डटकमको जिज्ञासामा शर्माले भने– ‘यो गरिमामय पद हो, पर्यटनदूतलाई राज्यले कुनै सुविधा दिएको हुँदैन । विदेशमा पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रम आयोजना हुँदा पर्यटन बोर्ड साझेदार मात्र बन्न सक्छ । मेरो काम नियुक्ति पाएका व्यक्तिको मापदण्ड जाच्ने होइन, म उहाँहरुलाई काम कर्तव्य, अधिकार र योजनाबारे जानकारी गराउन सक्छु । मापदण्ड हेर्ने, नियुक्ति दिने काम पर्यटन मन्त्रालयको सिफारिसमा पर्यटन बोर्डले गर्ने उनले बताए । आफू बोर्डको सामान्य कर्मचारी भएकाले त्योभन्दा बढी आफूसँग जानकारी नभएको शर्माले बताए ।

लामो समय बेलायतमा बसेर पर्यटनदूतको काम गरेका धु्रव केसीका अनुसार पर्यटनदूत बन्नका लागि पर्यटन विषयमा स्नातक गरेको, व्यवसायिक ज्ञान भएको, समाजमा प्रतिष्ठा आर्जन गरेको र आफ्नो खर्च हालेर कार्यक्रम गर्ने क्षमता भएका व्यक्तिलाई पर्यटनदूत नियुक्त गर्ने प्रचलन छ । दुई वर्षका लागि गरिने मानार्थ जनसम्पर्क अधिकृतले राज्यबाट कुनै सुविधा पाउँदैन ।
नेपाल एसोसिएसन अफ नर्दन क्यालिफोनियाका एक सदस्यका अनुसार विदेशमा आयोजना गरिने पर्यटन प्रवद्र्धन कार्यक्रममा आफ्ना मान्छे ल्याउन सिफारिस गर्दा लाखौं रुपैयाँ चलखेल गर्न पाउने भएकाले पर्यटनदूत बन्न जोकोहीले लालच देखाउँछन् । क्यालिफोनियामा यसअघि पर्यटनदूत बनेका व्यत्तिहरुलेको एकाएक जीवनशैली परिवर्तन भएको ताजा उदाहरण दिँदैन ती सदस्यले भने, ‘योग्यता नपुगेको व्यक्तिलाई पर्यटनदूत नियुक्त गर्नु भनेको आर्थिक चलखेलबाहेक अरु हुनै सक्दैन ।’

नेपालको पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण मानिने सो पदमा नियूक्ति पाएकाहरु मध्य कतिपयलाई स्थानीय भाषा लेख्न र पढ्नसमेत आउदैन । पेशागत रुपमा पनि पर्यटनसँग कुनै साइनो नभएका ब्यक्तिलाई समेत नियूक्तिपत्र थमाइएको छ । पत्र पाउनेहरुमा धेरै रेष्टुरेन्ट तथा ससानो ब्यवसायमा आबद्ध छन् ।
बेलायतका लागि लामो समय काम गरिसकेका पूर्व पर्यटनदूत ध्रुव केसीका अनुसार देशको पर्यटन प्रवद्र्धनका लागि अत्यन्त महत्वपूर्ण मानिने सो पद निकै मर्यादित मानिन्छ । राष्ट्रकै पर्यटन प्रवद्र्धनका लागि जिम्मेवारी बोकेको राष्ट्रिय पर्यटन बोर्डको प्रतिनिधिलाई पर्यटनसम्बन्धी ज्ञानको आवश्यक हुने केसीले बताए ।
यो कुनै खेलाचीको पद होइन, कुनै दल वा गुटको ब्यक्तिलाई दिइने नियूक्ति होइन । यो त पर्यटनसँग आबद्ध व्यक्तिलाई देशकै पर्यटन विकासका लागि योगदान पु¥याउने सक्ने व्यक्ति हुनेपर्ने हो, केसीले भने । यसअघि बोर्डले पशुपति भण्डारी (बेलायत), सोम सापकोटा (डेनमार्क) रबिन्द्रमान श्रेष्ठ (बेल्जियम) र अमेरिकाका लागि प्रदिप श्रेष्ठलाई नियूक्ती दिएको थियो ।