१४ बैशाख २०८१, शुक्रबार
Follow Us

चितवन सहायता कोष बेल्जियमद्वारा बाढीपीडितलाई सहयोग

नेपालब्रिटेन डट कम्
३१ भाद्र २०७४, शनिबार ०४:४४

चितवन । भरतपुर महानगरपालिका वडा नं. २७ पुरानो पटिहानीका स्थानिय बाढीपीडितलाई राहत वितरण गरिएको छ । चितवन सहायता कोष बेल्जियमले चितवन सहायता समाजमार्फत त्यहाका स्थानियलाई १ लाख १८ हजार बराबरको खाद्यान्न सामाग्री सहयोग गरेको हो । एक औपचारिक कार्यक्रमका विच उनिहरुलाई राहत सामाग्री वितरण गरिएको हो । चौधरी समुदायको बाहुल्यता रहेको सो स्थानका २८ घरधुरीलाई उनिहरुको चाड जितिया पर्व मनाउन सजिलो होस् भन्ने उदेश्यका साथ सहयोग हस्तान्तरण गरिएको चितवन सहायता समाजका अध्यक्ष राजेन्द्र पौडेलले जानकारी दिए । उनिहरुलार्ई चिउरा,दालमोठ,तेल लगायतका खाद्यान्न सामाग्रीका साथै दैनिक उपभोग्य बस्तुहरु साबुन,टुथपेष्ट,ब्रस र त्रिपाल समेत वितरण गरिएको थियो । च्युउरा १४ बोरा, १ घरलाई ३ केजीको दरले दाल, दालमोठ प्रत्येक घरलाई २ केजी, ६ कार्टुन तोरीको तेल र ४६ थान त्रिपाल वितरण गरिएको सदस्य अध्यक्ष पौडेल ले जानकारी दिए । औपचारिक कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी एवम नवनिर्वाचित वडाध्यक्ष गोविन्द तामाङले विदेशमा रहेर कमाएको पैसा आफ्ना जिल्ला वासीलाई विपद पर्दा सहयोगी हात स्वरुप पठाउनु सहनिय भएको बताए । उनले त्यहाका बासिन्दाहरु प्राकृतिक प्रकोपबाट मात्र नभई विभिन्न पक्षबाट पिडित रहेको बताए । बाघ, हात्ति गैडा जस्ता जंगली जनावरबाट समेत त्यहाका स्थानियहरु पिडित हुनुपरेको तामाङले बताए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी चितवनका मन्त्रि हरि प्रसाद पौडेल,समाजसेवी विष्णु प्रसाद ढकाललगायतले बोलेका थिए ।
सो कार्यक्रममा भरतपुर २७का वडा सदस्यहरु राज बहादुर भण्डारी,सन्त वहादुर महतो रेडक्रस चितवनका सदस्य चीजकुमार आले ,समाज चितबनका सदस्य केशव सुवेदी लगायतको उपस्थिती रहेको थियो । रेडक्रस चितवनको समन्वय मा भएको सो कार्यक्रम कार्यक्रममा चितवन सहायत समाजकी कोषाध्यक्ष विजया रेग्मीले स्वागत मन्तव्य राखेका थिए भने समाजकी सदस्य पार्वती पौडेल, गरेका थिए । कोष वेल्जियमले यस अघि पनि स्वास्थ्य शिविर थालेसिमियाका विरामीलाई, भुक्मप प्रभावितहरुलाई पनि विभिन्न सहयोग गरिरहरेको समाज चितवनकि सचिव सिर्जना अर्याल जानकारि दिईन ।