७ बैशाख २०८१, शुक्रबार
Follow Us

ब्रिटिश म्युजियममा वुद्ध जन्मस्थलबारेको गलत जानकारी सच्याउन राजदूत सकृय हुने

नेपालब्रिटेन डट कम्
३१ भाद्र २०७४, शनिबार १२:५४

लण्डन । बर्षको ६०-७० लाख पर्यटक जाने लण्डनस्थित ब्रिटिश म्युजियममा वुद्धको जन्मस्थल बिषयमा गलत जानकारी राखिएकोले त्यस्लाई सच्याउन लुम्बिनी-कपिलवस्तु दिवस बिस्व अभियानले थालनी गरेको छ । ब्रिटिश म्युजियमले ७ नोभेम्बर, २०११ मा सच्याउने निर्णय आफ्नो फेसबुक पेज मार्फत सार्वजनिक गरेको थियो । ११ डिसेम्बर, २०११ मा सच्याइएको जानकारी म्युजियमद्धारा अभियानलाई प्राप्त भएकोमा सच्याइएको सामग्री अस्पस्ट र भ्रमपूर्ण थियो । ब्रिटिश म्युजियम जस्तो बिस्व स्तरीय म्युजियमले आफ्नो गरिमाको लागि पनि स्पस्ट भाषा मार्फत विस्व शान्तिका प्रतिक वुद्धको जन्मस्थल बिषयमा सही जानकारी दिनुपर्ने हो । लण्डनस्थित नेपाली दूताबासमा राजदूत डा दुर्गा बहादुर सुबेदीलाई वेलायती प्रधानमन्त्री थेरेसा मेइ र ब्रिटिश म्युजियमका निर्देशक हार्टविग फिस्चरका नाममा लेखिएका ९ पेज लामो अनुसन्धानात्मक प्रतिबेदन बुझाएको अभियानका विस्व संयोजक इन्जिनियर रामकुमार श्रेष्ठले बताए ।

कोरिया र स्वीडेनको पाठ्य पुस्तकमा वुद्धजन्मस्थल बिषयमा भएको गल्ती सच्याउने ऐतिहासिक कामपछी अभियानका तर्फबाट आफूले सात देशका रास्ट्रपति र प्रधानमन्त्रीहरुलाई केही प्राबिधिक कारणले गर्दा ती देशका पाठ्य पुस्तकमा बुद्धको जन्मस्थल बिषयमा भएको गलत जानकारी ती देशको प्रजातन्त्रको सबलिकरण र बर्षेनी ती देशका हजारौंको मानब अधिकार हनन हुनबाट जोगाउनका खातिर सच्याइनु पर्ने आग्रह गरी तयार पारेको छ: पेज लामो अनुसन्धनात्मक प्रतिबेदन नेपाल सरकारलाई हस्तान्तरण गरेपस्चात अभियानको प्रतिबेदनलाई आधार मानेर नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले सम्बन्धित देशलाइ पत्राचार गर्न गरेको निर्णयलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत ती देशमा पत्राचार गरेको स्मरण श्रेष्ठले गराउनु भयो ।

सरकारले गर्नु पर्ने काम जनस्तरबाट यत्ति धेरै भैसकेको र समस्याको जरो भएको कारण अबको मूल काम भनेकै बिभिन्न देशको पाठ्य पुस्तकमा भएको गल्ती सच्याउने भएको र यस्को लागि नेपाल सरकारको सहयोग र सहभागिता अपरिहार्य भएकोले हालसम्म भए गरिएका कामहरुलाई उत्प्रेरित गरी प्रभाबकारी तवरबाट निर्णयक मोडमा पुर्याउन आफूले सरकारलाई शून्य आर्थिक भार पर्ने गरी संयन्त्र तयार गर्न ड्राफ्ट वली सरकारकै पालामा पठाएको र त्यस्लाई परिमार्जन गरी यथाशीघ्र पुन: बर्तमान सरकारलाई पनि पठाइने जानकारी पनि इन्जिनियर श्रेष्ठले दिनु भयो ।

राजदूत महामहिम डा सुबेदीले उठान गरिएको मुद्धालाई सार्थक रुप दिन राजदूतको हैसियतमा आफूले सक्दो प्रयास गर्ने बताउनु भयो ।

तयारीको लागि करीब तीन महिनाको समय दिइएको खण्डमा वेलायतका बिभिन्न क्षेत्रका दिग्गज ब्यक्तिहरु र नेपाली समुदायका अग्रजहरुलाई आमन्त्रित गरेर अभियानसंग संयुक्त रुपमा एउटा प्रभाबकारी अन्तर्कृया कार्यक्रम आयोजना गर्न आफू तयार रहेको जानकारी उक्त भेटघाटका क्रममा राजदूत महामहिम डा सुबेदीले दिनु भयो ।