७ बैशाख २०८१, शुक्रबार
Follow Us

मौन अवधिमा पनि वीरगन्जमा चुनावी प्रचार

नेपालब्रिटेन डट कम्
३१ भाद्र २०७४, शनिबार १५:२४

पर्सा । निर्वाचन आचारसंहिता अनुसार गएरातिदेखि मौन अवधि शुरु भएपनि वीरगन्जमा चुनावी प्रचार प्रसार रोकिएको छैन । मोटरसाइकल, ई–रिक्सा तथा स्कार्पियोहरुमा अहिलेपनि झण्डा झुण्ड्याएर चुनाव प्रचार भैरहेको छ ।
साथै निर्वाचन प्रचार प्रसारको लागि लगाइएको ब्यानर, बोर्ड, उम्मेदवारका प्रचार सामाग्री पनि यथावत रहेका छन् । निर्वाचनको बहत्तरघन्टा अगाडीदेखि प्रचारप्रसार बन्द भनिएपनि शहरका भित्री क्षेत्रमा प्रचारप्रसार भइरहेको छ । कार्यकर्ताहरुले मोटरसाइकलमा पार्टीको झण्डा झुण्ड्याएर बजार परिक्रमा समेत गरिरहेका छन् ।