७ बैशाख २०८१, शुक्रबार
Follow Us

जनसम्पर्क समिति वेलायतको अधिवेशन सम्पन्न (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
३१ भाद्र २०७४, शनिबार १८:५९

लन्डन– नेपाली जनसम्पर्क समिति बेलायतको चौथो अधिवेशन उदघाटन भएको छ ।

लन्डनको हन्सोस्थित इम्पायर हलमा भएको अधिवेशनको उदघाटन समारोहमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपी साउद प्रमुख आतिथ्यता, सुरेन्द्र पाण्डे, सांसद बहादुरसिंह थापाले संयूक्त रुपमा उद्धघाटन गरे ।
लामो समयपछि जनसम्पर्क समिति बेलायत एकताबद्ध भएर अधिवेशनमा जुटेको हो ।

विशेष अतिथिकोरुपमा नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी उपस्थित भएको कार्यक्रममा तृतिय सचिव भूपेन्द्र घिमिरे, एनआरएन यूरोप संयोजक कुल आचार्यलगायतको उपस्थिति थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य साउदले ९ वर्षपछि अधिवेशन भएकोमा गौरव महसुस भएको बताए ।
कोपिला सुब्बाले सञ्चालन गरेको कार्यक्रममा जनसम्पर्क समितिका नेता युवराज गुरुङ, पत्रकार चिरन शर्मा, एनआरएन यूरोप संयोजक कुल आचार्य, एनआरएन यूकेका महासचिव राजकुमार त्रिपाठी, पूर्वअध्यक्ष योगेन क्षेत्री, नेताहरु विश्वआदर्श पण्डित, विज्ञान प्रसाईं, शिवजी श्रेष्ठ, प्रवासी नेपाली मंचका अध्यक्ष राजेन्द्र पुडासैनी, ज्ञाम गुरुङ, केशबहादुर गुरुङ, शेर सुनार, डा. सम्पूर्णानन्द ढुंगाना, चेतनाथ खनाल, विनोद मोक्तानले शुभकामना दिएका थिए ।
21761566_1391170021001522_5741952573317515812_n

21743589_1907190819601629_8720797524128706506_o

21743400_1391169857668205_2061039908818188284_n

21743275_1391169884334869_5781518863240684633_n

21740737_1907190826268295_1406526455942174126_o

21551714_1907190596268318_2496258987176745011_o

21543834_1907191502934894_5328685004775242018_o

1