११ बैशाख २०८१, मंगलवार
Follow Us

अमर न्यौपानेलाई बेलायतमा ‘अनेवा नक्षेत्र’ पुरस्कार

नेपालब्रिटेन डट कम्
३१ भाद्र २०७४, शनिबार १९:०६

लन्डन । अन्तर्राष्ट्रिय नेपाली वाङमय प्रतिष्ठान बेलायतले साहित्यकार अमर न्यौपानेलाई ‘अनेवा नक्षेत्र’ पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानको निमन्त्रणामा बेलायत आएका न्यौपानेलाई हिमालय क्लब, सडबरीमा उक्त पुरस्कार प्रदान गरिएको हो ।आख्यान विद्यामा कमल चलाउने साहित्यकार न्यौपानेका सेतो धरती, करोडौं कस्तुरी लगायत पुस्तक चर्चित छन् ।

प्रमुख अतिथी राजदूत दुर्गाबहादुर सुवेदी,सहित प्रतिष्ठानका अध्यक्ष विकलचन्द्र आचार्य, साहित्यकार गोविन्दराज विनोदी र वरिष्ठ सञ्चारकर्मी एवं साहित्यकार खगेन्द्र नेपालीले न्यौपानेलाई ६० हजार रुपैयां 
राशीको ‘अनेवा नक्षेत्र’ पुरस्कार प्रदान गरे ।कार्यक्रममा वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीको ‘कैकेयी’ नामक महाकाव्य पनि विमोचन गरियो ।

प्रतिष्ठानकी महासचिव जयालक्ष्मी राईले सञ्चालन गरेको उक्त कार्यक्रममा गोपी सापकोटाले स्वागत मन्तव्य दिए। कार्यक्रममा कान्तिपुरकर्मी घनश्याम खड्का,प्राध्यापक माइकल हटले नेपाली मौलिक सृजना, सौन्दर्य र भाषा विदेश पुरयाउन जरुरी रहेको औंल्याए । श्रष्टाहरु खगेन्द्र नेपाली, सुमाया राई,नारायण गाउंले रवि प्रान्जल, डा. मुकुल दाहाल, नरेश कांगमांग, डा. सोहन घिमिरे, बासु शर्मा, दुर्गाप्रसाद पोख्रेल, डा. कृष्ण उपाध्याय, छत्रकला राई, धर्म सापकोटा, लगायतले आ आफ्ना रचना वाचन गरेका थिए ।