७ बैशाख २०८१, शुक्रबार
Follow Us

वेलायत कांग्रेसको सभापतिमा युवराज गुरुङ सर्वसम्मत

नेपालब्रिटेन डट कम्
३१ भाद्र २०७४, शनिबार २०:४४

लण्डन । वेलायतस्थित नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समितिको सभापतिमा युवराज गुरुङ सर्वसम्मत चयन भएका छन । समितिको शनिवार लण्डनस्थित हन्स्लोमा सम्पन्न चौथों अधिवेशनमा गुरुङ निर्विरोध निर्वाचित भएका हुन् ।
४७ सदस्यीय नयां कार्यसमितिको उपभापतिमा सुर्य नेग्वाङ, तर्कजंग गुरुङ, कोपिला सुव्बा, सुभाष पोखरेल, युवराज सिंह, आलेख चौहान, सुरज केसी छन् । यस्तै १ महामन्त्रिमा प्रवेश केसी चयन भए ।
समितिको सहमहामन्त्रिमा रोमियन लिम्बु, रितेश पाण्डे, इन्द्र गुरुङ, रेशम वस्याल, उपेन्द्र पौडेल, राज सिटौला, कुस बस्नेत निर्विरोध भए ।
कोषाध्यक्षमा नर्वु शेर्पा, सहकोषाध्यक्ष र २० सदस्यहरुमा विकास सापकोटा, शान्ति लिम्बु, लाल कुमार सुब्वा, सन्तोष गुरुङ, केशब गुरुङ, संजय पन्त, इशा ताम्राकार, इन्द्रहांग लिम्बु, शंकर श्रेष्ठ, सशी गुरुङ, इन्द्रमान गुरुङ, सर्वसम्मतले चयन भए ।

अधिवेशनको दोस्रोसत्रमा विद्यान समितिका संयोजक शीवजी श्रेष्ठले विद्यान संसोधन प्रस्ताव पेश गरेका थिए ।
अधिवेशनले विज्ञान प्रसाई समूहमा रहेको असन्तुष्टपक्षको मागलाई सम्वोधन गर्न विद्यानमा पदाधिकारी थप गरेको थियो । सहमति हुन बाँकी पदाधिकारी र सदस्यहरुको नामावली भोलि सार्वजानिक गरिने छ ।
IMG_7845

IMG_7847

IMG_7848