१६ चैत्र २०८०, शुक्रबार
Follow Us

विश्वकर्मा पूजा गरिदै

नेपालब्रिटेन डट कम्
१ आश्विन २०७४, आईतवार ०७:४०

विराटनगर । निर्माण एवं सिर्जनका देउता विश्वकर्माको आज मोरङमा धार्मिकरुपमा पूजापाठ भइरहेको छ । यस पर्वका अवसरमा विभिन्न उद्योग, कलकारखानामा विशेषरुपमा औजार र मेशिनको पूजा गरिन्छ । व्यापारमा उन्नति र पारिवारिक सुख प्राप्त हुने धार्मिक विश्वासका साथ सुनसरी मोरङस्थित विभिन्न उद्योग, गाडीका ग्यारेज, हार्डवेयरका पसल, सवारीसाधनका साथै पसलमा पनि पूजापाठ भइरहेको छ ।
पूजा शुरु गर्नुअगावै मेशिनरी, सवारीसाधनलगायतको राम्रोसँग सरसफाइ गरेपछि मात्र पूजा शुरु गरिएको हो । धार्मिक मान्यताअनुसार भाद्र शुक्लपक्षको चतुर्थी तिथिमा मनाउनुपर्ने भनिए पनि नेपालमा असोज १ गतेका दिन यो पर्व मनाउने गरिन्छ ।
सो पूजाका लागि विभिन्न उद्योगलगायतमा विश्वकर्माको माटोको कलात्मक मूर्ति स्थापना गरी पूजापाठ गरिन्छ ।