४ बैशाख २०८१, मंगलवार
Follow Us

ब्राजिलमा ओलम्पिक खेलको भव्य उद्घाटन

नेपालब्रिटेन डट कम्
२२ श्रावण २०७३, शनिबार ०४:४५

रियो दि जेनेरियो । ओलम्पिक खेलका लागि लामो सयमदेखि तयारीमा जुटेको ब्राजिलले राजधानी रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा नेपाली समय अनुसार शनिबार बिहानै भव्य उद्घाटन भएको छ । ब्राजिलमा देखिएको आर्थिक मन्दी, ड्रग्सका अपराध र भौतिक संरचनाका बारेमा प्रचार गरिएका अफवाहबीच अन्तत माराडाना रंगशालाले ७० हजार खेलप्रेमी तथा खेलाडीका प्रंशसक, १० हजार ४०० खेलाडी र दर्जनौँ विश्व प्रसिद्ध नेताहरूलाई भव्य स्वागत ग-यो ।
ओलम्पिकको आयोजकहरुले ब्राजिलियन सहरमा विभिन्न रङका उज्याला बत्ती र धमाकादार संगीतमा साम्बा (नाच)को सानदार प्रदर्शनकाबीच स्थानीय समयानुसार शुक्रबार बेलुका ८ बजे उद्घाटन समारोहले मुलुकको शान चम्काएको थियो ।
“मलाई विश्वास छ, उद्घाटन समारोह ब्राजिलियाली नागरिकका दुःख र पीडालाई बिर्साउन एउटा स्रोत बनेको उद्घाटन समारोह समितिका निर्देशक फर्नान्डो मेरिलिजले भन्नुभयो ।
सत्र दिन लामो खेल उत्सवले विभिन्न देशमा देखिएको दुःखदायी घटनाहरुलाई बिर्साएर संसारलाई रमाइलो प्रदान गर्ने र सकारात्मक ऊर्जा दिलाउने मेरिलिजले बताउनुभयो ।
खेलमा २०५ राष्ट्रका खेलाडीले ३०६ सेट मेठलका लागि प्रतिस्पर्धा गर्नेछन् । यस वर्ष अफ्रिकी दुई राष्ट्र कोसोभो र दक्षिण सुडानले पहिलो पटक सहभागिता जनाउने छन् ।