१४ बैशाख २०८१, शुक्रबार
Follow Us

ललितपुर महानगर जाममुक्त सहर घोषणा

नेपालब्रिटेन डट कम्
१ आश्विन २०७४, आईतवार १३:५८

ललितपुर । ट्राफिक प्रहरीले ललितपुर महानगरलाई जाममुक्त सहर घोषणा गरेको छ । ललितपुर महानगरपालिका र सरोकारवालाको सहकार्यमा ट्राफिक प्रहरीले आइतबार एक कार्यक्रमबीच जाम मुक्त सहर घोषणा गरेको हो ।
कार्यक्रममा ललितपुर महानगरपालिका प्रमुख चिरीवाबु महर्जनले चुनावमा ललितपुरलाई जाममुक्त शहर बनाउने प्रतिबद्धता अव कार्यान्वयन हुन लागेको बताए । ट्राफिक प्रमुख सर्वेन्द्र खनालले राष्ट्रको प्रतिष्ठा ट्राफिक व्यवस्थापनसँग जोडिएको हुनाले जाममुक्त शहर बनाउन क्रियाशील रहने बताए ।
अभियान अन्तर्गत ट्राफिक व्यवस्थापनलाई सहज बनाउन ललितपुरको तीन ठाउँमा ट्राफिक लाइट र दुई ठाउँमा आकासे पुल निर्माण गरिने पनि कार्यक्रममा जानकारी दिइयो । पाटन अस्पताल अगाडि र लगनखेल चोकमा गरी दुई ठाउँमा आकासेपुल निर्माण गर्न लागिएको हो । दुवै काम चार हप्तामा सकिने बताइएको छ ।