१५ बैशाख २०८१, शनिबार
Follow Us

नेपाल कोरियाली प्रायद्वीपमा शान्ति र स्थिरताको पक्षमा

नेपालब्रिटेन डट कम्
१ आश्विन २०७४, आईतवार १४:१३

काठमाडौं । सरकारले उत्तर कोरियाले लगातार आणविक परीक्षण गरिरहेको भन्दै भत्सर्ना गरेको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्तिमार्फत संयुक्त राष्ट्रसंघ, सुरक्षा परिषद्को प्रावधान एवं संकल्पबिपरीत लगातार आणविक परीक्षण गरिनु गलत रहेको जनाएको छ ।
विज्ञप्तिमा आम विनाशकारी आणविक हतियारको निशस्त्रीकरण गर्नुपर्नेमा जोड दिइएको छ । नेपाल सधैँ आम विनाशकारी हतियारको होडबाजीको विपक्षमा रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । नेपाल सरकार ‘कोरियाली प्रायद्वीपमा शान्ति र स्थिरताको पक्षमा छ’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।