१२ बैशाख २०८१, बुधबार
Follow Us

लण्डन रेल आक्रमणमा सम्लग्न रहेको आशङ्कामा दोस्रो व्यक्ति पक्राउ

नेपालब्रिटेन डट कम्
१ आश्विन २०७४, आईतवार १५:१०

लण्डन । गत शुक्रबार लण्डनको रेलमा भएको आक्रमणसँग सम्बन्धित रहेको आंशकामा थप एकजना पक्राउ परेको त्यहाँको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ती २१ वर्षीय युवक आतंकवादी घट्नामा संलग्न भएको आशंकामा पश्चिम लण्डनबाट शनिबार राति पक्राउ गरिएको हो र उनलाई दक्षिणी लण्डनमा हिरासतमा राखिएको छ । उनको परिचय अनुसन्धान जारी रहेको भन्दै खुलाइएको छैन ।
३० जना घाइते हुने गरी भएको विस्फोटमा संलग्न रहेको आशंकामा एकजना १८ वर्षीय पुरुषलाई शनिबार पक्राउ गरिएको थियो । पक्राउ परेका आरोपितको बसोबास भएको इलाका सनबरीमा बिशेष निगरानी राख्दै खानतलासी समेत गरिरहेको छ ।
बेलायतमा गएको नौ महिनाभित्र भएको यो पाँचौं आतंकवादी घटना होे तर यसमा ३० जना घाइते भएपनि कसैको पनि ज्यान गएको थिएन ।