१२ बैशाख २०८१, बुधबार
Follow Us

मृतककाे परिवारलाई भेट्न आचार्य प्रोतुगलमा

नेपालब्रिटेन डट कम्
१ आश्विन २०७४, आईतवार २०:५९

लण्डन । गतसाता मात्र पोर्तुगलको लिस्बोनमा एक नेपालीले अर्को नेपालीको हत्या गरेको घटनाले स्तब्ध बनेका गैरआवासीय नेपाली संघका यूरोप संयोजक कुल आचार्य पिडितलाई भेट्न प्रोतुगल पुगेका छन् ।

आचार्य आइतवार पोर्तुगलको लिस्बन एरपोर्टबाट पिडितको घरमा पुगेर घट्नाको जानकारी लिए ।

पोर्चुगलको लिस्बन स्थित एउटा चाइनिज रेस्टुरेन्टमा कार्यरत किचन हेल्परको रुपमा कार्यरत हरि बहादुर जिसि माथि धारिलो हतियार प्रहार गरि हत्या गरिएको थियो ।

आचार्यले पिडितको परिवारलाई आवश्यक सहयोग गर्ने वचन समेत दिएका थिए । उनले विदेशमा नेपालीले नेपालीको हत्या गर्नु निकै दुःखद घट्ना भएको वताउँदै आगामी दिनमा सबै पक्ष सजक हुनु पर्नेमा जोड दिए । आचार्यंसगै गैर आवासीय नेपाली संघ पोर्तुगलका पदाधिकारी तथा प्रतिनिधिहरु समेत उपस्तिथत थिए।
यसै बीच आचार्यले संयुक्त नेपाली मोर्चा युरोपको पोर्चुगलको लिस्बनमा भै रहेको एतिहासिक एकताको अधिवेशलाई विषेश सम्बोधन समेत गरे ।
2
1