१६ चैत्र २०८०, शुक्रबार
Follow Us

आयाल निगमका प्रमुख गोपाल खड्का पदच्यूत, सीबी खड्का सञ्चारमन्त्रीको सञ्चारविज्ञमा नियुक्त

नेपालब्रिटेन डट कम्
२ आश्विन २०७४, सोमबार ०७:४६

काठमाडौं । नेपाल आयल निगमका प्रमुख गोपाल खड्कालाई पदबाट हटाइएको छ । खड्कालाई नेपाल आयल निगमको जग्गा खरिदमा अनियमता गरेको अभियोगमा पदबाट हटाउने निर्णय सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको हो । यसैगरी सञ्चारमन्त्री मोहनबहादुर पाण्डेको सञ्चारविज्ञको रुपमा छक्कबहादुर खड्का (सीबी) लाई नियुक्त गरेको छ । खड्का विगतमा तरुण साप्ताहिकसँग आबद्ध थिए ।