१५ चैत्र २०८०, बिहीबार
Follow Us

गंगाधार गौतमद्धारा एनआरएन यूरोप संयोजकमा उम्मेदवारी घोषणा

नेपालब्रिटेन डट कम्
२ आश्विन २०७४, सोमबार ०८:००

लण्डन । गैरआवासीय नेपाली संघको यूरोप संयोजकमा गंगाधर गौतमले उम्मेदवारी घोषणा गरेका छन् । गौतमले गैर आवासीय नेपाली अभियानको लामो अनुभवको आधारमा संयोजक पदको उम्मेदवारी घोषणा गरेको दावी गरेका छन् हुन ।

नेपाली समाजको एकताको लागि संघलाई संस्थागत गर्दै सबै एनसीसीहरुको साझा चौतारीका रुपमा यूरोप क्षेत्रलाई स्थापित गर्ने उदेश्य लिएका छन् ।

गैरआवासीय नेपाली संघ बेल्जियमको अध्यक्षको हैसियतमा गौतमले बिभिन्न सुधारका कामहरु गरेका थिए । उनले गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष शेष घलेको नेतृत्वमा भूकम्पपछि नेपालमा सुरु भएको पुनर्निर्माणको कामलाई गैरआवासीय नेपाली संघ बेल्जियमको तर्फबाट एक बिशेष परियोजना सहित पूर्ण रुपमा सहयोग गरेका थिए ।

गौतमले सोमवार नेपालब्रिटेन डट कमसंग, यूरोप संयोजकको जिम्मेवारी पाए संस्थागत विकास र स्थायित्वमा जोड दिँदै आर्थिक पारर्दशीतालाई कडाइका साथ लागू गर्ने प्रतिवद्धता जनाए ।

२००८ सम्म २ बर्ष गैरआवासीय नेपाली संघ बेल्जियमको उपाध्यक्ष भैसकेका गौतम ,त्यसपछि सल्लाहकार पनि भैसकेका छन ।

नेपाल विद्यार्थी संघ बाग्लुङ अध्यक्ष हुदै राजनीतिमा सकृय गौतम नेपालमा रहदा २ कार्यकाल बाग्लुङ महेन्द्र बहुमुखी क्याम्पसका सभापति, स्ववियु फोरम केन्द्रीय सदस्य हुदै जनसम्पर्क समिति बेल्जियमको महामन्त्री समेत भैसकेका छन । ५ बर्ष जनसम्पर्क समिति बेल्जियमको अध्यक्ष बनेका गौतम २००६ देखि हालसम्म जनसम्पर्क समान्वय समिति युरोपको महामन्त्रीका रपमा कार्यरत छन ।

21767539_10212663935527591_291877351_n