१३ बैशाख २०८१, बिहीबार
Follow Us

भारतीय राजदूत मञ्जीवसिंह पुरी अचानक नेपाल–चीन सीमामा

नेपालब्रिटेन डट कम्
२ आश्विन २०७४, सोमबार १४:०८

काठमाडौं । भारतीय राजदूत मञ्जीवसिंह पुरी अचानक नेपाल–चीन सीमा हुम्लाको हिल्सा पुगेका छन् । नेपालगञ्ज हुँदै बिहान हुम्ला विमानस्थल ओर्लिएका पुरी त्यहाँबाट सिम्रिक एयरको चार्टड हेलिकोप्टरमा नेपाल–चीन नाका हिल्सा पुगेका हुन् । राजदूत पुरीले हिल्सामा २० मिनेट बिताएर फर्किएको बताईएको छ ।

भ्रमणको बारेमा जिज्ञासा राख्दा राजदुत पुरीले वर्षेनी हजारौं धार्मिक पर्यटक कैलाश मानसरोवरका लागि आउने स्थान हेर्न आएको प्रतिक्रिया दिएका छन् । उनले नेपाल–चीन सीमाका विषयमा समेत जानकारी लिनुका साथै सहयोगीका साथ केही समय हिल्साको वस्तुस्थिति अवलोकन समेत गरे ।

प्रशासनका अधिकारीले भने यो भ्रमणको विषयमा कुनै जानकारी नभएको बताएका छन् । नेपालस्थित भारतीय राजदूतावासले भने राजदूत पुरी कैलाश मान सरोवरको यात्राका विषयमा जानकारी लिन हुम्ला गएको जनाएको छ ।