२६ बैशाख २०८१, बुधबार
Follow Us

मन्त्रिको संख्या ५६ पुग्यो, दुई राज्यमन्त्री थपिए

नेपालब्रिटेन डट कम्
२ आश्विन २०७४, सोमबार १४:११

काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवाले सरकारमा दुई राज्यमन्त्री थप गरेका छन् । देउवा नेतृत्वको मन्त्रिमण्डलमा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकको तर्फवाट विराज विष्ट र कमला शर्माले राज्यमन्त्रीमा सपथ लिएका हुन ।

विष्ट विज्ञान तथा प्रविधि र शर्मा वन तथा भू–संरक्षण राज्यमन्त्रीमा नियुक्त भएका छन् । विष्टले पहिले पनि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सहायक मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

शर्मा भने पहिलो पटक राज्यमन्त्री भएकी हुन । दुई राज्यमन्त्री थपिएसँगै मन्त्रिको संख्या ५६ पुगेको छ । देउवा नेतृत्वको सरकार अहिलेसम्मकै सबैभन्दा ठुलो भएको भन्दै आलोचना भैरहेका बेला सरकारमा दुई राज्यमन्त्री थपिएका हुन् ।