१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएन यूरोप उपसंयोजकमा भट्टको उम्मेदवारी

नेपालब्रिटेन डट कम्
३ आश्विन २०७४, मंगलवार १०:२२

लण्डन । गैरआवासीय नेपाली संघ यूरोप उपसंयोजकमा बिजन भट्टले उम्मेदवारी दिने भएका छन् । भट्टले अक्टोवर महिनाको दोस्रो साता काठमाण्डौंमा हुने विश्वसम्मेलनको लागि आफ्नो उम्मेदवारी अघि सारेका हुन् । गैरआवासीय नेपाली संघ यूकेको सल्लाहाकार रहेको भट्टले यसअघि संघको केन्द्रिय सदस्यको रुपमा काम गरि सकेका छन् ।

संघको स्थापनाकाल देखी बिभिन्न फोरममा रहेर गैरआवासीय नेपाली संघको अभियानमा सकृय भट्ट निकै मिलनसार र भद्र व्यक्तित्वको रुपमा वेलायतका चिनिन्छन् ।

भट्टले गैरआवासीय नेपाली अभियानमा आफुले बटुलेको अनुभवको आधारमा उपसंयोजक पदमा उम्मेदवारी दिने निश्कर्षमा पुगको नेपालब्रिटन डट कमलाई बताए । उनले आफुले जितेर आए पछि यूरोपस्थित संघका राष्ट्रिय समिति भित्र समन्वयकारी भूमिकालाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाए ।

एनआरएन यूरोपको २ उपसंयोजकका लागि आदी दर्जनले आफ्नो उम्मेदवारी दावी गरेका छन् ।