१२ बैशाख २०८१, बुधबार
Follow Us

लण्डनमा विशेष धार्मिक विधिद्वारा नवदुर्गा पूजा हुने, दशैँको दिन जमरा वितरण गरिने

नेपालब्रिटेन डट कम्
३ आश्विन २०७४, मंगलवार ११:०५

नेपाली मन्दिर निर्माण समिति लण्डनले ६ जना पुरोहितहरूको सहभागितामा भव्य रूपमा नवदुर्गा पूजा गरी दशैँ मनाउने भएको छ ।

२१ सेप्टेम्बर, बिहिबारका दिन विधिपूर्वक घटस्थापना गरी जमरा राखिने तथा फूलपाती, कालरात्री र कन्यापूजाजस्ता विशेष पूजाहरू सम्पन्न गरिने संयोजक पण्डित चिरञ्जीवि ढकालले बताउनुभयो ।

साउथहलको लेडी मार्गरेट रोडस्थित विश्वहिन्दू मन्दिरको अलग्गै हलमा नेपाली पण्डितहरूद्वारा सम्पन्न गरिने उक्त पूजामा सबै भक्तजनलाई सहभागी भएर लाभ लिन सहसंयोजक पण्डित गोविन्द नेपालले आग्रह गर्नुभएको छ ।

नेपाली मन्दिर निर्माणका लागि प्रारम्भिक स्रोत तयार गर्ने उद्देश्यले आयोजित उक्त महायज्ञमा १०१ पाउंड तिरेर विशेष यजमानका रूपमा सहभागी बन्न पाइने मन्दिर समितिका कोषाध्यक्ष पण्डित शेखर काफ़्लेले बताउनुभयो । यस्ता यजमानहरूको लागि सङ्कल्पसहित छुट्टै जमरा राख्ने व्यवस्था हुने र सबै पूजामा कर्ताका रूपमा सहभागी बन्न पाइने व्यवस्था रहेको आयोजक समिति सदस्य पण्डित होमनाथ पौडेलले जानकारी गराउनुभयो । ५१ पाउंड तिरेर कालरात्री पूजामा सहभागी बन्न पनि सकिनेछ ।

तर आमभक्तजननरूका निम्ति निःशुल्क पूजाको व्यवस्था पनि भएकाले निर्धक्क सहभागी भएर लाभ लिन समितिका महासचिब दुर्गा प्रसाद पोखरेलले अनुरोध गर्नुभएको छ ।

समितिले जारी गरेको सूचना यसप्रकार छ :

बडा दशैं २०१७ को पावन अवसरमा यही आउँदो असोज ५ गते तदनुसार 21 सेप्टेम्बर 2017 विहीवार घटस्थापनाका दिनदेखि 30 सेप्टेम्बर 2017 दशमीका दिन सम्म विविध धार्मिक सांस्कृतिक समारोह गरी मनाउन लागिएको छ । घटस्थापना विशेष पूजा गरी जमरा राख्ने, दैनिक दुर्गा सप्तशती चण्डीपाठ एवं आरती, सप्तमीका दिन विधिवत् फूलपाती भित्र्याउने, अष्टमीका दिन कालरात्री विशेष पूजा, नवमीका दिन नवदुर्गाका रुपमा नव कन्या पूजन गरी दशमीका दिन पूजा विसर्जनका साथ जमरा वितरण गरी हर्षोल्लासपूर्वक भव्यताका साथ मनाइने उक्त कार्यक्रममा समस्त बेलायतवासी नेपाली दाजु भाइ दिदी बहिनीहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ ।
विशेष यजमानका रुपमा पूजामा सरिक हुन चाहने महानुभावले स्थान सिमित हुनाले यथाशीघ्र सम्पर्क गर्नु हुन अनुरोध छ । पूजा बाट उठेको रकम नेपाली मन्दिर निर्माणमा लगाइने समेत जानकारी गराइन्छ ।
स्थान: 2 Lady Margaret Rd, Southall UB1 2RA

सम्पर्क:
पं. चिरञ्जीवि ढकाल 07946599795
पं. गोविन्द नेपाल 07946727164
पं. दुर्गाप्रसाद पोख्रेल 07882418890
पं. नारायण पौडेल (गाऊँले) 07916733773
पं. शेखर काफ्ले 07402945383
पं. होमनाथ पौडेल 07888673660