१५ चैत्र २०८०, बिहीबार
Follow Us

नेकाको चियापन संसदीय-प्रादेशिक निर्वाचन क्षेत्रमा

नेपालब्रिटेन डट कम्
३ आश्विन २०७४, मंगलवार ११:३२

काठमाडौं । नेपाली काँग्रेसले दशैँको कोजाग्रत पूर्णिमाको दिन आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्बन्धित संसदीय-प्रादेशिक निर्वाचन क्षेत्रमा नै गर्ने भएको छ ।

आगामी मंसिर १० र २१ गते हुने प्रादेशिक तथा संसदीय निर्वाचनमा क्रियाशील रहनुपर्ने भएकाले काठमाडौँस्थित पार्टी केन्द्रीय कार्यालय बिपी नगरमा आयोजना हुँदै आएको सो कार्यक्रमलाई यस पटक सम्बन्धित निर्वाचन क्षेत्रमा नै आयोजना गर्ने निर्णय भएको पार्टी कार्यालका मुख्य सचिव कृष्ण पौडेलद्वारा आज जारी विज्ञप्तिमा जनाइएको हो ।

नेकाका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला प्रवासबाट २०३३ सालमा स्वदेश फर्केपछि दशैँको कोजाग्रत पूर्णिमाका दिन सो कार्यक्रम आरम्भ गर्नुभएको थियो ।