७ बैशाख २०८१, शुक्रबार
Follow Us

डा. बद्री केसीले पुनः एनआरएन महासचिवमा उम्मेदवारी दिने

नेपालब्रिटेन डट कम्
३ आश्विन २०७४, मंगलवार १६:२७

लण्डन । गैरआवासीय नेपाली संघका महासचिव डा. बद्री केसीले पुनः महासचिव पदमा उम्मेदवारी दिने भएका छन् । केसीले अक्टोवर महिनामा काठमाण्डौंमा हुने संघको ८ औं महाधिवेसनमा पुनः महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

केसीले अमेरिकास्थित पत्रकार शैलेस श्रेष्ठसंग फेसबुक टाइमलाइन कुराकानीमा सातौं अधिवेशन (१५ र १७ को कार्यसमिति) को टिम बल्डिङमा कमीकमजोरी रहेकोले सोचे जस्तो काम गर्न नपाएको बताए । उनले संघ भित्र धेरै संस्थागत नितीमा परिवर्तन ल्याउने प्रयास गरेको तर ती सबै कुरा बीचै तुहिएको अवस्था रहेको बताए ।

उनले अहिलेको कार्यसमितिमा आफुले सारेका सुधारका काम पुनः महासचिव भएर पुरा गरि छाड्ने प्रतिबद्धता जनाएका छन् ।
गैरआवासीय नेपाली संघको सातौ अधिबेशनबाट महासचिब पदमा केसीले सर्बाधिक ५५५ मत ल्याएर विजयी भएका थिए ।

कोषाध्यक्ष पदमा जिम्मेबारी पूर्ण ढंगबाट भूमिका निर्बाह गरेका केसी गैरआवासीय नेपाली संघको स्थापनाकाल देखी सकृय छन् ।