७ बैशाख २०८१, शुक्रबार
Follow Us

विद्यालय भवनका लागि प्रवासीबाट रु नौ लाख

नेपालब्रिटेन डट कम्
४ आश्विन २०७४, बुधबार ०६:१५

बेनी म्याग्दी । बेनी नगरपालिका–३ भकिम्लीमा निर्माणाधीन विद्यालय भवनका लागि स्पेनमा रहेका भकिम्लीवासीले रु नौ लाख ३७ हजार सहयोग गरेका छन् ।
जयन्ती माविको निर्माणाधीन ३० कोठे भवनका लागि स्पेनको बार्सिलोनामा रहनुभएका भकिम्लीका सन्तबहादुर क्षेत्रीको संयोजकत्वमा सो रकम संकलन गरिएको हो ।
विद्यालय निर्माणका लागि स्पेनमा रहेका भकिम्लीवासी तथा अन्य नेपालीले पनि आर्थिक सहयोग गरेका संयोजक क्षेत्रीलाई उद्घृत गर्दै जयन्ती मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम पुनले जानकारी दिनुभयो ।
करिब रु तीन करोड लागत लाग्ने निर्माणाधीन विद्यालय भवनका लागि जिल्ला शिक्षा कार्यालय, म्याग्दीले रु १९ लाख ५० हजार आर्थिक सहयोग गरेको छ ।
जिल्ला शिक्षाले उपलव्ध गराएको रकमबाहेक अपुग रकम स्थानीयको श्रमदान, चन्दा संकलन र अन्य कार्यक्रम गरेर जुटाउने प्रयास भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुनले बताउनुभयो ।