June 3, 2020
4:11 AM | 8:56 AM

मेक्सिकोको भूकम्पमा मृत्यु हुने २४८ पुगे

  20th September 2017 मा प्रकाशित

मेक्सिको सिटी । मेक्सिकोमा मङ्गलबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २४८ पुगेको समाचार छ ।
भूकम्पको मापन ७.१ म्याग्निच्युडको गरिएको अमेरिकी भौगार्भिक संस्थाले जनाएको छ । यसबाट ठूलो जनधनको क्षतिको अनुमान गरिएको छ ।
मृत्यु हुनेमा प्राथमिक विद्यालयमा अध्ययनरत २१ जना बालबालिका पनि परेका छन् । उनीहरु अध्ययनरत विद्यालयको भवन भत्किएको अधिकारीहरुले जनाएका छन् । भकम्पपछि उद्वारकार्य जारी छ । कैयौँ व्यक्ति भूकम्पबाट भत्किएका भग्नावशेषमा पुरिएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया