१५ चैत्र २०८०, बिहीबार
Follow Us

प्रदेश नम्बर दुईमा राजपाले खाता खोल्यो

नेपालब्रिटेन डट कम्
४ आश्विन २०७४, बुधबार १४:०८

धनुषा । धनुषाको हंसपुर नगरपालिका प्रमुखमा राजपाका रामज्ञान मण्डल ३३२० मत ल्याई विजयी भएका छन् । उपप्रमुखमा पनि राजपाकी रेणु झा ३२७६ मतसहित विजयी भईन् ।

अन्य स्थानमा मतगणना जारी छ । प्रारम्भिक तथ्यांकअनुसार अधिकांश स्थानीय तहमा प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र तथा मधेस केन्द्रित संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच प्रतिस्पर्धा भइरहेको छ ।

अहिलेसम्मको परिणामअनुसार नेपाली कांग्रेसले सबैभन्दा बढी स्थानमा अग्रता लिइरहेको छ भने उसलाई नेकपा एमाले र संघीय समाजवादी फोरम नेपालले पछ्याइरहेको छ । चौथो स्थानमा माओवादी केन्द्र र पाँचौं स्थानमा राष्ट्रिय जनता पार्टी नेपाल रहेको छ । नेपाल लोकतान्त्रिक फोरमले केही स्थानमा अग्रता लिए पनि अन्य दलले भने कतै अग्रता लिन सकेका छैनन् ।